दफा २३
लापरवाही गरेमा विभागीय कारवाई गरिने
बदनियतसाथ वा लापरबाहीबाट कर निर्धारण गरी करदाताको दायित्व बढ्न वा घट्न गएको ठहरेमा त्यस्तो कर निर्धारण गर्ने कर अधिकृतलाई महानिर्देशकले निजको सेवा शर्तसम्बन्धी प्रचलित कानूनबमोजिम सजाय गर्न विभागीय कारवाई चलाउनु पर्नेछ ।